अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४२ | Colorodo: 16:57

बेलायती राजनीतिमा चिनियाँ प्रभाव बढेको गुप्तचर रिपोर्टपछि बेलायतमा तरंग

बिआरटीनेपाल २०७८ पुष ३० गते ७:३५ मा प्रकाशित

बेलायतको गुप्तचर एजेन्सी एमआई फाइबले बेलायती संसदमा चिनियाँ जासुरको उपस्थिति रहेको दाबी गरेको छ । बेलायतको आन्तरिक राजनीतिमा दखल दिने उद्देश्यले संसदसम्मै चिनियाँ घुसपैठ भएको सो संस्थाको दाबी छ ।एमआई फाइबले क्रिस्टिन चिङ ली नामकी चिनियाँ एजेन्टको बेलायती संसदमा हस्तक्षेप रहेको भनाइ छ । उनी चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य भएको बेलायतको गुप्तचर तथा सुरक्षा एजेन्सी एमआई फाइबले बेलायती संसदमा चिनियाँ एजेन्टको उपस्थिति भएको दाबी गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीसँग सुमधुर सम्बन्ध रहेकी ली ले बेलायती सांसदहरुलाई सहयोग गर्ने गरेको र उनलाई चीन र हङकङबाट सहयोग आउने गरेको दाबी पनि गुप्तचर संस्थाको छ । ली बाट सहयोग लिनेमा लेबर पार्टीका बेरी गार्डिनर पनि रहेको भन्दै एमआइ फाइबले पाँच वर्षमा गार्डनरले लीबाट ४ लाख २० हजार पाउण्ड अनुदान लिएको उल्लेख गरेको छ ।

यस्तै, ली ले लिबरल डेमोक्रेटिक पार्टीका नेता एड डेभीलाई ५ हजार अनुदान दिएको पनि जनाइएको छ । गुप्चर रिपोर्ट बाहिरिएपछि बेलायती गृहमन्त्री प्रीति पटेलले चीनले बेलायती सांसदहरुलाई प्रभावित गर्न यस किसिमको हस्तक्षेप गर्नु गम्भीर चिन्ताको विषय हो भनेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू