अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२८ | Colorodo: 21:43

एक साताभित्र दोस्रो सुपरसोनिक मिसाइल प्रक्षेपण गरेको उत्तर कोरियाको दाबी

बिआरटीनेपाल २०७८ पुष २८ गते ६:५६ मा प्रकाशित

उत्तर कोरियाले मंगलबार परीक्षण गरेको मिसाइल हाइपरसोनिक मिसाइल नै भएको दाबी गरेको छ । उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले मंगलबार एक साता भित्रको दोस्रो हाइपरसोनिक मिसाइल परीक्षण गरेको जनाएको हो ।उत्तर कोरियाली नेता किम जोङको उनले समेत मिसाइल परीक्षणको अनुगमन गरेको भन्दै तस्वीर समेत सार्वजनिक गरिएको छ । मंगलबारको प्रक्षेपण एक हजार किलोमिटर परको निशानामा सफलतापूर्वक पुगेको दाबी पनि समाचार एजेञ्सीले गरेको छ ।

मंगलबारको मिसाइल प्रक्षेपण दक्षिण कोरिया र जापान दुवै देशले जानकारी पाएका थिए । प्रक्षेपण जापानको विशेष आर्थिक क्षेत्रभित्र पर्ने समुद्रमा खसेको थियो । हाइपरसोनिक मिसाइलहरु ब्यालिस्टिक मिसाइलभन्दा कम उचाइ हुँदै निसानातर्फ जाने प्रकृतिका हुन्छन् । त्यसको गति भने ध्वनिको गतिभन्दा पाँच गुणा बढी अर्थात् प्रति घण्टा ६ हजार २०० किलोमिटर हुन्छ । सन् २०२० को मार्च महिनापछि नेता किम मिसाइल प्रक्षेपणका क्रममा उपस्थिति भएको पहिलो पटक हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू