अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२२
| Colorodo: 03:37
सोमालियाका राष्ट्रपति मोहम्मद फर्माजोले आज सोमवार प्रधानमन्त्री मोहम्मद रोबेललाई भ्रष्टाचारको आरोपमा निलम्बन गरेको बताउनुभएको छ । फर्माजोले विज्ञप्ति जारी गर्दै रोबेललाई भ्रष्टाचार र सार्वजनिक जग्गाको दुरुपयोगमा संलग्न भएको आरोप लगाउँदै चुनावी प्रक्रियालाई सफल निष्कर्षमा पु¥याउन समेत विफल भएको आरोप लगाउनुभएको छ।
उहाँका अनुसार प्रधानमन्त्रीको काम र अधिकार छानबिनका लागि निलम्बन गरिएको हो । योसँगै उपप्रधानमन्त्री महदी मोहम्मद गुलेद कार्यवाहक प्रधानमन्त्री हुनुहुनेछ र रोबेलमाथिको अनुसन्धानको निष्कर्ष नआएसम्म उहाँलाई निलम्बनमा राखिनेछ ।
फर्माजोले सबै सरकारी अधिकारीहरूलाई सार्वजनिक जग्गा दुरुपयोग नगर्न र देशको कानुन र नियमको पालना गर्न आग्रह गर्नुभएको छ ।