अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०७ | Colorodo: 11:22

चीनविरुद्ध पश्चिमी देश एक हुन आवश्यक छ – क्यानडियन प्रधानमन्त्री ट्रुडो

बिआरटीनेपाल २०७८ पुष ११ गते ७:३३ मा प्रकाशित

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनविरुद्ध पश्चिमी देश एक हुन आवश्यक रहेको बताउनुभएको छ ।चीन पश्चिमी देशमा आफ्नो आर्थिक हितको साधनका लागि जोड दिइरहेको बताउँदै उसलाई रोक्नका लागि एकजुट हुन आवश्यक रहेको ट्रुडोले बताउनुभएको हो ।ग्लोबल च्यानलसँगको अन्तर्वार्तामा क्यानडाका प्रधानमन्त्रीले चीन आर्थिक अवसर हासिल गर्नका लागि जे पनि गर्न सक्ने बताउनुभयो ।

ट्रुडोले भन्नुभयो, ‘हामी सामना गरिरहेका छौँ र चीन समय–समयमा निकै छलपूर्वक मुक्त बजारमा सबैसँग आफ्नो खेल खेलिरहेको छ । हामीले यस मामिलामा अझ राम्रो गर्न आवश्यक छ । हामी एकजुट हुन आवश्यक छ, जसका कारण चीनले हामीलाई आपसमा बाँड्न नसकोस् ।’ सन् २०१८ पछि चीन र क्यानडाको सम्बन्ध राम्रो छैन । हुवावेकी चिफ पाइनान्सियल अफिसर मेंग वांचोउको गिरफ्तारीको जवाफ दिँदै चीनले क्यानडाका दुई नागरिकलाई गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू