अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

भारत पञ्जावस्थित अदालतको रेकर्ड कक्षमा बम विस्फोट- दुई जनाको मृत्यु, चार घाइते

बिआरटीनेपाल २०७८ पुष ८ गते ६:५० मा प्रकाशित

भारतको पञ्जाबस्थित लुधियानाको अदालत परिसरमा बम विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । विस्फोटपछि घाइते भएकालाई अस्पताल भर्ना गरिएको छ भने घटनास्थलमा प्रहरीका वरिष्ठ अधिकारीहरू उपस्थित छन् । उनीहरुले अदालतलाई पूरै घेरेर कडा सुरक्षामा राखेका छन् ।

लुधियानाको प्रहरी कमिश्नरले बीबीसीलाई दिएको जानकारी अनुसार विस्फोट दिउँसो १२ बजेर २२ मिनेटमा अदालतको दोस्रो तलामा रहेको रेकर्ड कक्षमा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू