अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४४ | Colorodo: 19:59

लिबियामा पछिल्ला हप्ताहरुमा १ सय ६० शरणार्थीको समुद्रमा डुबेर मृत्यु भएको खुलासा

बिआरटीनेपाल २०७८ पुष ७ गते ६:४२ मा प्रकाशित

लिबियामा पछिल्ला हप्ताहरुमा १ सय ६० शरणार्थीको समुद्रमा डुबेर मृत्यु भएको खुलासा भएको छ । संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय आप्रवासी संगठनका अनुसार लिबियाका बिभिन्न तटीय क्षेत्रमा पछिल्लो सातामा १ सय ६० शरणार्थीको डुबेर मृत्यु भएको हो ।

सो संगठनका प्रवक्ता सफा मेशेल्लीले गत शुक्रबार एक पानी जहाज दुर्घटना हुँदा १ सय २ जनाको मृत्यु भएको र ८ जना बच्न सफल भएको जानकारी दिनुभएको छ ।भुमध्य सागरमा मात्रै यो बर्ष १५ सय बढी शरणार्थीको डुबेर मृत्यु भएको सो संगठनले उल्लेख गरेको छ ।

यसैबीच, लिबियाबाट बिभिन्न मुलुक प्रवेश गर्न खोज्ने २ सय १० शरणार्थी सवार एक पानीजहाजलाई नियन्त्रणमा लिई लिबिया फिर्ता गरिएको छ । लिबिया पछिल्लो समय खाडी मुलुकका लागि ट्रान्जिट प्वाइन्ट बनेकाले सयौं शरणार्थी पानी जहाजबाट लिबिया पुग्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू