अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३५ | Colorodo: 19:50

अस्ट्रेलियामा ’बाउन्सी क्यासल’ खेल्ने क्रममा चार जना विद्यार्थीको ज्यान गयो

बिआरटीनेपाल २०७८ पुष १ गते ७:१२ मा प्रकाशित

अस्ट्रेलियामा हावा भरिएको प्लास्टिकको घरमा खेल्ने क्रममा चार जना विद्यार्थीको ज्यान गएको छ ।तास्मानिया डोभोनपोर्ट सहरको एक प्राथमिक विद्यालयमा ’बाउन्सी क्यासल’ भनिने हावा भरिएको प्लास्टिकको घर एक्कासी हुरीले उडाएको थियो । हुरीले उडाएको बाउन्सी क्यासलबाट खसेर चार जना विद्यार्थीको ज्यान गएको र पाँच जना घाइते भएका बीबीसीले जनाएको छ ।

बालबालिकाहरू झन्डै १० मिटर माथिबाट खसेको प्रहरीलाई उधृत गर्दै खबरमा उल्लेख छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले यो घटनालाई अकल्पनीय र हृदयविदारक भन्नुभएको छ । यो वर्षका लागि विद्यालय सञ्चालन हुने अन्तिम दिन भएकाले बालबालिका निकै खुसीका साथ खेलिरहेको बेला अचानक हुरी आएपछि घटना भएको थियो । घटनापछि तास्मानियाको डेभोनपोर्ट सहर शोकमा परेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू