अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२७ | Colorodo: 01:42

बेलायतमा कोरोना संक्रमण फेरि तीव्र एकैदिन ६० हजार संक्रमित थपिएपछि समस्या

बिआरटीनेपाल २०७८ मंसिर २९ गते ६:५१ मा प्रकाशित

बेलायतमा कोरोना सक्रमण तीव्र रूपमा बढ्न थालेको छ । त्यहाँ हिजो एकै दिन झन्डै ६० हजार संक्रमित थपिएका छन् भने १ सय ५० जनाको मृत्यु भएको छ । वेलायतको स्वास्थ्य तथा सामाजिक हेरचाह विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार त्यहाँ एकैदिन ६० हजारमा सक्रमण पुष्टी भएको हो । जसमा केही ओमिक्रोन संक्रमित पनि रहेका छन् । यो संख्या गत जनवरी यताकै उच्च हो ।

बेलायतमा ८९ दशमलव २ प्रतिशतले खोपको पहिलो डोज र ८१ दशमलव ४ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांक छ । यसै गरी ४१ दशमलव ९ प्रतिशतले बुस्टर डोज लगाइसकेको अवस्थामा कोरोना संक्रमितको संख्यामा कमी नआउँदा बेलायतमा थप प्रतिबन्ध लगाउने तयारी गरिएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले बेलायती जनताको लापरवाहीका कारण कोराना महामारी पुन फैलिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । । संक्रमण रोक्नका लागि जनता आफै सचेत हुनुपर्ने भन्दै नियन्त्रणका लािग सरकार जस्तोसुकै कदम चाल्न बाध्य हुने उहाँको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू