अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२४ | Colorodo: 02:39

दिल्लीका सम्पूर्ण विद्यालय बन्द

बिआरटीनेपाल २०७८ मंसिर १७ गते ७:१८ मा प्रकाशित

भारतको राजधानी नयाँ दिल्लीमा प्रदूषण उच्च बिन्दुमा पुगेपछि दिल्लीका सम्पूर्ण विद्यालय एक साताका लागि बन्द गरिएका छन् ।यहाँको सर्वोच्च अदालतले प्रदुषण बढेका कारण एक साताका लागि बिद्यालय बन्द गर्न आदेश दिएको छ । आदेश लगत्तै दिल्लीका सरकारी र सरकारी मान्यता प्राप्त सम्पूर्ण विद्यालय एक साताको लागि बन्द गरिएको हो ।

दिल्लीमा गत नोभेम्बरका ११ दिन दिल्लीको वायु प्रदूषण स्तर नाजुक अवस्थामा थियो । जुन सन् २०१६ को नोभेम्बरको १० दिन बढी रहेको बीबीसीले जनाएको छ । नोभेम्बरमा एक दिन पनि दिल्लीमा वायुस्तरमा सुधार नआएको तथ्यांकले देखाएको छ । विज्ञहरूले नजिकका राज्यहरूमा कृषकले खेतमा पराल जलाउँदा र दिपावलीका कारण वायु प्रदूषण उच्च भएको बताएका थिए । भारतमा सन् २०१५ देखि वायु प्रदूषण मापन थालिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू