अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२० | Colorodo: 03:35

कोरोनाको नयाँ भेरियन्टबाट आतंकित हुनु पर्दैन– राष्ट्रपति बाइडेन

बिआरटीनेपाल २०७८ मंसिर १४ गते ७:०५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ भेटिनु चिन्ताको बिषय भए पनि आतंकित हुनु नपर्ने बताउनुभएको छ । उत्तर अमेरिकामा यो भेरिएन्ट फेला परेपछि ह्वाइट हाउसमा सम्बोधन गर्दै बाइडेनले अमेरिकामा तत्काल लकडाउन नगर्ने स्पष्ट पार्नुभयो । यो भेरिएन्ट अमेरिका भित्रिने निश्चित भएको भन्दै उहाँले सबै नागरिकलाई कोरोना बिरुद्धको बुस्टर डोज लगाउन पनि आग्रह गर्नुभएको छ ।

सम्बोधनकै क्रममा बाइडेनले अमेरिकी खोप कम्पनीहरुले आवश्यक योजनाहरु तयार पारिरहेको पनि स्पष्ट पार्नुभयो । अमेरिकाले गता साता अफ्रिकी मुलुक दक्षिण अफ्रिाका लगायत अन्य ६ राष्ट्रहरुमाथि यात्रा प्रतिबन्ध लगाइसकेको छ । बाइडेनले प्रतिबन्धका बीच ओमीक्रोनबारे थप अध्ययन अनुसन्धान गर्ने समय मिल्ने भन्दै आम नागरिकलाई सचेत रहन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू