अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२२ | Colorodo: 15:37

यात्रा प्रतिबन्धलगाएकोप्रति दक्षिण अफ्रिकाका राष्ट्रपतिको असन्तुष्टी

बिआरटीनेपाल २०७८ मंसिर १३ गते ७:२३ मा प्रकाशित

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आफनो देश बिरुद्ध लगाइएको यात्रा प्रतिबन्धको निन्दा गर्नुभएको छ । दक्षिण अफ्रिका लगायत अन्य ६ वटा अफ्रिकी मुलुकहरुमा कोरोनाको नयाँ भेरिएन्ट भेटिएपछी विश्वका कयौ राष्ट्रहरुले यात्रा प्रतिबन्ध लगाएपछी असन्तुष्ट बनेका राष्ट्रपति रामाफोसाले आफनो देश र नागरिकमाथि अन्याय भएको प्रतिक्रिया दिनुभएको हो ।

एक समारोहमा बोल्दै उहाँले बिभिन्न देशको यो निर्णयले आफुलाई निरास गरेको भन्दै आफना देशका नागरिककहरुको मनोबल गिराउने काम मात्र भएको बताउनुभयो । साथै उहाँले यात्रा प्रतिबन्धको कुनै बैज्ञानिक आधार नभएको भन्दै दक्षिण अफ्रिकी मुलुकहरु अनुचित भेदभावको शिकार भएको बताउनुभयो । दुइ साता अघि दक्षिण अफ्रिकाको सबैभन्दा जनघनत्व रहेको गौतेङ प्रान्तमा नयाँ भेरिएन्ट फेला परेपछी बिश्व स्वास्थ्य संगठन डब्ल्युएचओले बिश्व जगतलाई सचेत तुल्याएको थियो ।

यसैबीच डब्ल्युएचओले यात्रा प्रतिबन्ध लगाएका देशहरुलाई बैज्ञानिक दृष्टिकोणबाट निर्णय लिन सुझाव दिएको छ । हाल अमेरिका, बेलायत, युरोपियन युनिएन, नेपाल, भारत लगाएतका मुलुकहरुले दक्षिण अफ्रिकी मुलुकका यात्रुहरुमाथि प्रतिबन्ध लगाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू