अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०७ | Colorodo: 05:22

नेपाली महिला तस्करी गर्नेलाई ६० वर्ष कैद

बिआरटीनेपाल २०७८ मंसिर ११ गते २१:२८ मा प्रकाशित

एजेन्सी । केन्यास्थित मोम्बासाको एउटा अदालतले क्यानडेली व्यवसायी असिफ अमिराली अलिभाइ जेठालाई नेपाली महिला तस्करी गरेको भन्दै ६० वर्षको कैद सजाय दिने फैसला छ । मानव तस्करीसम्बन्धी न्यायिक निरूपण गर्ने उक्त अदालतले जेठालाई उक्त सजाय दिने फैसला गरेको हो । उनी माथि १२ नेपाली महिला तस्करी गरेको, तस्करीमा आफैँ संलग्न रहेको र ट्राभल डकुमेन्ट छेडखानी गरेको अभियोग पुष्टि भएको छ ।

शञ्जु ल कोर्ट भनिने मोम्बासास्थित उक्त अदालतका सिनियर मजिस्ट्रेट डेभिड ओढियाम्बोले जेठालाई उक्त सजाय दिने फैसला सुनाएका हुन् । फैसला अनुसार उनले १२ नेपाली महिला तस्करी गरेको अभियोगमा ३० वर्ष, तस्करीमा संलग्न भएको अभियोगमा २० वर्ष र ट्राभल डकुमेन्ट छेडखानी गरेको अभियोगमा १० वर्ष जेल बस्नु पर्ने छ ।

साथै जेठालाई न्यूनतम ९ सय अमेरिकी डलरदेखि अधिकतम ८ हजार ९ सय अमेरिकी डलर जरिवाना पनि गरिने फैसला छ । उक्त जरिवाना अनुमति पत्र नलिई केन्यामा व्यवसाय गरेको र अवैधानिक रूपमा आप्रवासीलाई काम लगाएको अभियोगमा गरिएको हो । अदालतमा ती नेपाली महिलामाथि शोषण भएको कथा सुनाइएको थियो । ती महिलालाई ट्रान्सनेशनल अर्गनाइज्ड क्राइम युनिटका प्रहरीले मोम्बासाको न्यालीस्थित जेठाको रंगीला ग्रील एण्ड बारबाट उद्धार गरेका थिए । जेठाको उक्त बार एम्के प्लाजामा छ । प्रहरीले ती महिलालाई सन् २०१९ मा उद्धार गरेको हो ।

ती महिलालाई बार नर्तकीका रूपमा काम गराउन केन्या तस्करी गरिएको थियो । उनीहरूलाई उच्च तहका मानिसको मनोरञ्जनका लागि प्रयोग गरिएको थियो । तस्करीमा परेका १२ मध्य २ जना १६ र १७ वर्षका छन् भने ८ जना २२ देखि २६ वर्षका छन् । बाँकी २ जना भने ३० वर्ष माथिका छन् ।

फोटो सभार: mwakilishi

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू