अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०१ | Colorodo: 06:16

ताइवानसँगकाे अन्तरक्रिया बन्द गर्न अमेरिकालाई चीनको आग्रह

बिआरटीनेपाल २०७८ मंसिर ११ गते ७:१४ मा प्रकाशित

चीनले ताइवानसँग सबै प्रकारका आधिकारिक अन्तरक्रियाहरु तत्काल बन्द गर्न अमेरिकालाई आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले एक चीन सिद्धान्त तथा चीन–अमेरिका संयुक्त विज्ञप्तिलाई दृढतापूर्वक पालना गर्न आग्रह गर्दै ताइवानसँगका अन्तरक्रियाहरु बन्द गर्न आग्रह गर्नुभएको समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

यसअघि चीन र अमेरिकाका राष्ट्रपतिबीच भएको भर्चुअल छलफलपछि अमेरिकाले एक चीन नीति प्रति प्रतिबद्ध रहेको जनाएको थियो । तर केही अमेरिकी सांसदहरुले ताइवानको भ्रमण गरेपछि चीनले दुई राष्ट्रपतिले निकालेको संयुक्त विज्ञप्तिको उलंघन गरेको भन्दै आपत्ति जनाएको हो । ताइवानसँगको समस्यालाई चीनले आन्तरिक मामिला पनि भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू