अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३० | Colorodo: 12:45

दक्षिण अफ्रिकामा फेला पर्योे कोरोनाको नयाँ भेरियन्ट, अहिलेसम्मकै घातक हुन सक्ने

बिआरटीनेपाल २०७८ मंसिर १० गते ७:०२ मा प्रकाशित

दक्षिण अफ्रिकामा कोरोना भाईरसको नयाँ भेरियन्ट फेला परेको छ । जसलाई वैज्ञानिकहरुले डरलाग्दो र अहिलेसम्मकै घातक भनेका छन् । साउथ अफ्रिकाको एउटा प्रान्तमा उक्त भाइरस पुष्टि भए पनि त्यस प्रकारको भेरियन्ट अन्यत्र पनि फैलिईसकेको हुनसक्ने आशंका गरिएको छ । नयाँ खालको भेरियन्ट पत्ता लागेसंगै यो कति छिटो फैलिन्छ र यसमा अहिलेसम्म प्रयोग गरिएका खोपको कस्तो प्रभाव हुन्छ भन्ने चासो अनुसन्धानकर्ताहरुमा बढेको छ ।

वैज्ञानिकहरुले बी वान वान फाइभ टु नाइन नाम दिएको भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले नयाँ नाम भने दिन बाँकी नै छ । तर यस अघि पत्ता लागेका कोरोनाका भेरियन्ट भन्दा यो ज्यादै नै फरक भएको दक्षिण अफ्रिकाका अनुसन्धानकर्ताहरुले बताएका छन् ।यो भाईरसले आफूहरुलाई चतिक पारेको भन्दै उनीहरुले स्वरुप फेर्ने क्रममा यसले ठूलो फड्को मारेको बताएका छन् । चीनको वुहानमा पत्ता लागेको भाइरस भन्दा यो ज्यादै फरक रहेकाले शुरुको भेरियन्टका लागि बनाइएको खोपले काम नगर्न सक्ने वैज्ञानिकहरुको भनाइ छ ।

यसैबीच, दक्षिण अफ्रिकामा नयाँ भेरियन्ट पत्ता लागे लगत्तै बेलायतले दक्षिण अफ्रिकासहित ६ वटा देशलाई रेडलिस्टमा राख्दै ती देशबाट आउनेहरुलाई अनिवार्य क्वारिन्टिन बस्नुपर्ने निर्णय गरेको छ । गए रातीदेखि लागू हुने गरी बेलायतले दक्षिण अफ्रिका, नामिविया, जिम्वावे, वोत्सोवाना, लिसोतो र एस्वाइटिनीबाट बेलायत आउने विमानहरुलाई रोकिएको छ । यस्तै दश दिनभित्र ती देशमा गएका गैर बेलायती र आइरिसहरु समेतलाई बेलायत प्रवेशमा रोक लगाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू