अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१०
| Colorodo: 12:25
विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ५२ लाख नाघेको छ । कोरोना भाइरसका कारण झण्डै २ बर्षको यो अबधिमा ५२ लाख २ हजार ४ सय ३३ जनाको मृत्यु भएको छ । हाल सम्म विश्वभर कोरोना भाइरस सङ्क्रमणका कारण २६ करोड ४ लाख ५२ हजार मानिसहरु सङ्क्रमित भएका छन् ।
कोरोना सङ्क्रमण भएर पनि २३ करोड ५४ लाख १० हजार मानिसहरु उपचार पछि निको भएका छन् । तर कोरोना भाइरसको सङ्क्रमण अझै पनि घट्न सकेको छैन । विशेष गरि बेलायत तथा रसिया लगाएत देदेशहरुमा कोरोनाको दर बढिरहेको छ ।
विश्व स्वास्थ्य संगठनले आउँदो मार्च महिनातिर युरोपमा फेरि पनि कोरोना सङ्क्रमणका कारण लाखौको मृत्यु हुन सक्ने चेतावनी दिदै सचेत रहन भनिसकेको छ ।