अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५१ | Colorodo: 09:06

अमेरिकाका ३२ प्रतिशत बालबालिकामा फेरि कोरोना संक्रमण

बिआरटीनेपाल २०७८ मंसिर ९ गते ७:०५ मा प्रकाशित

कोराना महामारीबीच बन्द रहेको विद्यालय सञ्चालनमा आएपछि अमेरिकामा ३२ प्रतिशत बालबालिका पुनः संक्रमित भएका छन् ।अमेरिकन एकेडमी अफ पीडियाट्रिक्सको रिपोर्ट अनुसार अमेरिकामा पछिल्लो साता एक तिहाइ बालबालिका संक्रमित भएका छन् । यही ११ देखि १८ नोभेम्बरसम्मको तथ्याङ्कअनुसार १ लाख ४१ हजार ९ सय ५ बालबालिका कोरोना संक्रमित भएका छन् ।

अमेरिकामा बालबालिकाको संख्या २२ प्रतिशत रहेकोमा ६८ लाख बालबालिका संक्रमित भइसकेका छन् । यद्यपि संक्रमणको दर भन्दा मृत्युदर भने न्यून रहेको तथ्याङ्कले देखाएको छ । संक्रमण बढ्न थालेपछि अभिभावकहरूले बालबालिकालाई विद्यालय पठाउन छाडेका छन् ।

यसैबीच कोरोना संक्रमित अधिकांश बालबालिकामा इन्फुल्एन्जा, मेनेन्जाइटिस, दादुरा, र हेपेटाएटिसको खोप धमाधम लगाउन थालिएको छ । अमेरिकामा कोरोनाका कारण हालसम्म ७ लाख ९८ हजार २ सय ४५ बढीको मृत्यु भइसकेको छ भने संक्रमित संख्या ४ करोड ८९ लाख ७२ हजार ५ सय नाघिसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू