अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

कोरोना महामारीको समयमा महिला हिंसाको घटनामा वृद्धि – यूएन अध्ययन

बिआरटीनेपाल २०७८ मंसिर ९ गते ६:५५ मा प्रकाशित

कोरोना महामारीको समयमा महिला हिंसाको घटना धेरै नै बढेको एक अध्ययनले देखाएको छ । यूएन वुमनले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार कोरोना महामारी नै कम्तीमा ३ जना महिला वा किशोरी मध्ये १ जना हिंसाको शिकार भइरहेकोमा महामारीले गर्दा त्यसमा वृद्धि भएको छ । महिला हिंसा विरुद्धको दिवसको अवसर पारेर यून वुमनले सो रिपोर्ट सार्वजनिक गरेको हो ।

युएन वुमनले महिला हिंसा बढी मात्रामा देखिएको १३ देशमा गरिएको अध्ययन सार्वजनिक गरेको हो । केन्या, थाइल्यान्ड, युक्रेन, क्यामररुन, अल्बेनिया, बंगलादेश, कोलम्बिया, पराग्वे, नाइजेरिया, कोट डिभार, मोरक्को, जोर्डन र किर्गिस्तान गरी १३ देश मा अध्ययन गरिएको थियो । महिला हिंसाका घटना देश र जनसङ्ख्याले फरक देखिएपनि महामारीले महिला हिंसा बढेको अध्ययनले देखाएको छ ।

सर्वेक्षणमा ३ महिलामा २ जनाले जीवनको एकपटक हिंसा भोगेकै बताएका छन् । सबैभन्दा बढी देखिएको हिंसामा मौखिक हिंसा देखिएको छ । जुन ५० प्रतिशतले भोगेका छन् साथै यौन दुव्र्यवहार ४० प्रतिशत, शारीरिक शोषण ३६ प्रतिशत, ३५ प्रतिशतलाई आधारभूत आवश्यकताबाट वञ्चित गराइएको छ भने ३० प्रतिशतलाई आधारभूत सञ्चारको माध्यमबाट बञ्चित गराइएको पाइएको छ । १० महिलामा ७ जनाले समुदायमा हुने महिला हिंसा साझा रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू