अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३६ | Colorodo: 09:51

अमेरिकी र चीनिया राष्ट्रपतिबीच भेटवार्ता हुँदै, छलफल फलदायी हुने अपेक्षा

बिआरटीनेपाल २०७८ कार्तिक २९ गते ७:३५ मा प्रकाशित

अमेरिकीराष्ट्रपति जो वाइडेन र चीनिया राष्ट्रपति सि जिन फिङ्बीचमा आज भेटवार्ता हुँदै छ । राष्ट्रपतिको रूपमा पहिलो बैठक बस्ने तयारी गरिरहँदा समस्याग्रस्त अमेरिका – चीन सम्बन्ध कसरी अगाडि बढ्छ र बाइडेनको राजनीतिज्ञ छवि कसरी प्रस्तुत हुन्छ भन्ने विशेष चासोको रूपमा हेरिएको छ ।

हाल द्वीपक्षीय सम्बन्ध चिसिँदै गएको विश्वका महाशक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्रप्रमुखहरूबीच हुन गइरहेको संवादलाई विशेष चासोको रूपमा हेरिएको छ । दुबै शक्ति राष्ट्रबीचमा पछिल्लो समय देखिएको चिसोपना हटाउन पनि यो वार्ताले महत्वपूर्ण भूमिका खेल्ने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले विश्लेषण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू