अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३४ | Colorodo: 19:49

भारतमा एम्बुस विस्फोटमा परेर सेनाका कर्णेलसहित सात जनाको ज्यान गयो

बिआरटीनेपाल २०७८ कार्तिक २७ गते ७:२२ मा प्रकाशित

भारतको मणिपुर राज्यमा विद्रोही समूहले थापेको एम्बुसमा परेर भारतीय सेनाका कर्णेलसहित सात जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ४६ आसाम राइफल्सका कमाण्डिङ अफिसर विप्लव त्रिपाठी, अरु चार जना सैनिक र त्रिपाठीका श्रीमती र एक छोरासहित सात जना रहेका भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । घटना चराचनपुर जिल्लामा भएको हो ।

आक्रमणको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । केही सञ्चार माध्यमहरूले मणिपुर राज्यमा सक्रिय रहेको पिपुल्स लिबरेसन आर्मीले आक्रमण गराएको हुनसक्ने दाबी गरेका छन् । मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले आक्रमणकारीलाई खोज्ने काम भइरहेको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू