अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३० | Colorodo: 23:45

चिनियाँ राष्ट्रपति सीलाई माओ चेतुङ र तङ स्याओफिङको हैसियत प्रदान गरिंदै

बिआरटीनेपाल २०७८ कार्तिक २६ गते ७:१५ मा प्रकाशित

चिनियाँ कम्युनिस्ट पार्टीले राष्ट्रपति सी चिनफिङलाई पार्टीका संस्थापक नेता माओ चेतुङ र तङ स्याओफिङसँग बराबरीको हैसियत प्रदान गर्ने गरी प्रस्ताव पारित गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको सबैभन्दा महत्वपूर्ण राजनीतिक बैठकको छैटौँ पूर्ण सत्रबाट उक्त ऐतिहासिक प्रस्ताव पारित गरिएको हो ।

पार्टी स्थापनापछि तेस्रो पटक यस्तो प्रस्ताव पारित गरिएको हो । पहिलो पटक सन् १९४५ मा माओ र दोस्रो पटक सन् १९८१ मा तङको समयमा यस्तो प्रस्ताव पारित गरिएको थियो । आगामी वर्ष हुने नेशनल कंग्रेस बैठकमा राष्ट्रपति सीले ऐतिहासिक रूपमा राष्ट्रपति पदमा तेस्रो कार्यकालको प्रस्ताव राख्ने अपेक्षा पनि गरिएको छ ।

सन् २०१८ मा चीनले राष्ट्रपतिका लागि दुई कार्यकालको व्यवस्था खारेज गरेको थियो । जसले सीलाई आजीवन शक्तिमा रहने बाटो खोलिदिएको विश्लेषण गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू