अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५५ | Colorodo: 19:10

उत्तर कोरियामाथि लगाइएको प्रतिबन्ध खुकुलो पार्न संयुक्त राष्ट्रसंघलाई चीन र रुसको दवाव

बिआरटीनेपाल २०७८ कार्तिक १६ गते ७:३७ मा प्रकाशित

चीन र रुसले उत्तर कोेरियामाथि लगाइएको प्रतिबन्ध खुकुलो पार्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्लाई दवाव दिएका छन् ।सुरक्षा परिषद्ले उत्तर कोरियामाथि लगाएको कपडाको निर्यात तथा पेट्रोलियम पदार्थको आयातमा सन् २०१९ मा तोकिएको सीमा अन्त्यका लागि यसअघि गरिएको निर्णय पुरनावलोकन गर्न चीन र रुसले माग गरेका हुन् ।

त्यससम्बन्धी मस्यौदा प्रस्तावमा चीन र रुसले १५ सदस्यीय वार्ता टोलीले एशियाली मुलुकहरूमा नागरिकको जीविकोपार्जनका लागि प्रतबिन्धहरू हटाउने बारे छलफल गर्ने बताइएको छ ।मस्यौदा प्रस्तावमा रुस र चीनले करिब दुई वर्षअघि प्रस्ताव गरेका अन्य उपायहरू पनि समावेश भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

जसमा उत्तर कोरियाली नागरिकले विदेशमा काम गर्न पाउने र अन्तरकोरियाली रेल सडक सहयोग परियोजालाई प्रतिवबन्धमा नराखिने लगायताका विषय समावेश रहेको बताइएको छ ।सन् २००६ देखि आणविक र ब्यालेस्टिक मिसाइल कार्यक्रमका कारण उत्तर कोरियामाथि राष्ट्रसंघले प्रतिबन्ध लगाएको छ । सन् २०१९ मा रुस र चीनले उक्त प्रस्तावमाथि दुई पटक छलफल भएपनि ठोष निष्कर्ष भएको थिएन ।

यता कुटनीतिज्ञहरूले भने चीन र रुसको नयाँ प्रस्तवमाथि छलफलको मिति भने उल्लेख नभएको जनाएका छन् । सो प्रस्ताव परित हुन नौ मतको आवश्यक पर्छ । जसमध्ये अमेरिका, फ्रान्स, बेलयत, रुस वा चीनमध्ये कुनै एक मुलुकबाट भिटोको आवश्यक पर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू