अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

बेलायतमा फेरि बढ्यो कोरोना सङ्क्रमण

बिआरटीनेपाल २०७८ कार्तिक १६ गते ७:३२ मा प्रकाशित

बेलायतमा गएको २४ घन्टायता ४० हजार बढिमा कोरोनाको सङ्क्रमण देखिएको छ । बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको संख्या ९० लाख ९७ हजार पुगेको छ । गएको २४ घन्टामा कोरोनाबाट बेलायतमा ४० जनाको मृत्यु भएको छ । यो समेतगरी कोरोनाबाट मृत्यु हुनेको संख्या बेलायतमा १ लाख ४० हजार ६७२ पुगेको छ ।

बेलायतमा पछिल्ला केही हप्तायता कोरोना भाइरसका सङ्क्रमितहरु बढ्दै गएको पाइएको बताइएको छ । पछिल्लो समय बेलायत, चीन सहित अन्य देशहरुमा पनि कोरोना सङ्क्रमित बढेसंगै फेरि कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै चिन्ता सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू