अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५७ | Colorodo: 19:12

जी–२० सम्मेलनमा कर्पोरेट करसम्बन्धी विषयमा ऐतिहासिक सहमति

बिआरटीनेपाल २०७८ कार्तिक १४ गते ८:१० मा प्रकाशित

विश्वका प्रमुख अर्थतन्त्र रहेका देशले व्यवसायको नाफामा कम्तीमा १५ प्रतिशत कर लगाउने एउटा विश्वव्यापी सम्झौतालाई अनुमोदन गरेका छन् । बहुराष्ट्रिय कम्पनीले कम कर प्रावधानका फाइदा उठाउँदै आफ्नो नाफा घुमाउरो तरिकाले बढाउने गरेका भन्ने चिन्ताका माझ कर्पोरेट करसम्बन्धी सम्झौता अनुमोदन गरिएको हो ।

इटलीको रोममा चलिरहेको जी–२० सम्मेलनमा सहभागी नेताहरुले यो सम्झौतामा सहमति जनाएका हुन् । अमेरिकाले प्रस्ताव गरेको कर सम्बन्धी सम्झौता सन् २०२३ देखि लागू हुने समाचार संस्था रोयटर्सले जनाएको छ ।सम्मेलनमा जलवायु परिवर्तन र कोरोना महामारी पनि छलफलकै केन्द्रमा छ ।

कोभिड महामारी सुरु भएयता विश्व नेताहरूले भौतिक उपस्थिति जनाएको यो पहिलो कार्यक्रम हो। १९ वटा देश र युरोपेली सङ्घ सदस्य रहेको जी–२० समूहको सम्मेलनमा दुई जना नेता भने भौतिक रुपमा सहभागी छैनन् ।

चीनका सी जिनपिङ र रुसका भ्लादिमिर पुटिनले सम्मेलनमा भर्चुअल सहभागिता जनाउनुभएको छ । स्कटल्यान्डको ग्लास्गोमा सुरु हुन लागेको विश्व जलवायु परिवर्तन सम्मेलन कोप–२६ सम्मेलन अघि जी–२० देशहरूको सम्मेलन भएको हो।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू