अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच झडप, चार प्रहरीको मृत्यु, २६३ जना घाइते

बिआरटीनेपाल २०७८ कार्तिक ११ गते ७:५७ मा प्रकाशित

पाकिस्तानमा भएको विरोध प्रदर्शनमा चार जना सुरक्षाकर्मीको मृत्यु भएको छ । पूर्वी सहर लाहोर नजिकै भएको विरोध प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा भएको झडपमा तीन सुरक्षाकर्मी मारिएका हुन् । घटनामा २६३ जना घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रतिबन्धित तेहरिक ए लब्बैक पाकिस्तान (टीएलपी) पार्टीको र्याली सुरक्षाकर्मीले नियन्त्रणमा लिन खाजेपछि सो झडप भएको बताइएको छ ।

सो र्यालीले राजधानी इस्लामावादतर्फ जाथ थालेपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिन खोजेको पञ्जाव प्रहरीले जनाएको छ । आफ्ना नेता साद रिजबीलाई सरक्षाकर्मीले हिरासतमा लिएसँगै पाकिस्तानमा सो पार्टीले केही दिनदेखि लगातार विरोध प्रर्दशन गर्दै आएको छ ।

सुरक्षाकर्मीले रिजबीलाई गत अप्रिलमा नियन्त्रणमा लिएको थियो । पैगम्ब मुहम्मदको काटुर्न फ्रान्सको एक अखवारमा छापिएसँगै रिजबीलाई पक्राउ गरिएको थियो । यसअघि रिजवीका प्रवक्ता साजिद सेफीले साधुकेमा भएको र्यालीमा प्रहरीले गोली चलाउँदा आफू समर्थक केही कार्यकर्ताको मृत्यु भएको बताएका थिए । तर प्रहरीले भने प्रदर्शनकारीको मृत्युबारे अनभिज्ञता प्रकट गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू