अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४१ | Colorodo: 21:56

चाइना टेलिकममाथि प्रतिबन्ध लगाउने अमेरिकाको निर्णय

बिआरटीनेपाल २०७८ कार्तिक १० गते ७:१० मा प्रकाशित

अमेरिकाले चिनियाँ टेलिकम कम्पनी चाइना टेलिकममाथि प्रतिबन्ध लगाएको छ । राष्ट्रिय सुरक्षाको जोखिमको कारण देखाउँदै अमेरिकाले चाइना टेलिकमको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ । सो निर्णयसँगै चाइना टेलिकमले अबको ६० दिनमा अमेरिकामा आफ्नो सेवा बन्द गर्नुपर्नेछ ।

चीनको सरकारी नियन्त्रणमा रहेको कम्पनीले आफ्नो अमेरिकाको सञ्चारमा पहुँच दिने, डेटा डेटा स्टोर गर्ने, अवरोध सिर्जना गर्नेजस्ता कार्य हुन सक्ने अमेरिकाको भनाइ छ ।अमेरिकाले आफूविरुद्ध हुन सक्ने हानिकारक गतिविधि नियन्त्रणका लागि यो कदम चालिएको बताएको छ । करिब २० वर्षदेखि चाइना टेलिकमले अमेरिकामा सेवा दिँदै आएको छ ।

कम्पनीले अमेरिकाको निर्णय दुःखद् भएको प्रतिपक्रया दिएको छ । कम्पनीले अमेरिकामा आफ्नो सेवा जारी राख्न सक्दो प्रयास गर्ने पनि बताएको छ । चाइना टेलिकमका विश्वका ११० मुलुकमा लाखौं प्रयोगकर्ता छन् । यसअघि अमेरिकी अर्थमन्त्री जनेत एलेनले चिनियाँ उपप्रधानमन्त्री लिउ हेसँग विश्व अर्थतन्त्रको विषयमा कुराकानी गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू