अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१२ | Colorodo: 12:27

अफगानिस्तानमा मानवीय संकटको चेतावनी, २ करोड व्यक्तिले भोकमरीको सामना गर्नुपर्ने

बिआरटीनेपाल २०७८ कार्तिक ८ गते ७:४३ मा प्रकाशित

संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रमले तत्काल उपयुक्त कदम नचालिए आउँदो जाडोयाममा २ करोड २० लाखभन्दा बढी अफगान नागरिकहरु तीव्र खाद्यान्न असुरक्षाको शिकार बन्ने चेतावनी दिएको छ ।३२ लाख बालबालिकाहरु कुपोषणबाट ग्रस्त हुन सक्ने तथ्य औंल्याइएको छ । पहिले नै अस्थिर अवस्थामा रहेको यस देशलाई विश्वको सबैभन्दा खराब मानवीय संकटको सामना गर्नुपर्ने डब्लुएफपीका कार्यकारी निर्देशक डेभिड बीस्लेले चेतावनी दिनुभयो ।

उहाँले आफुहरु परिस्थितिको दिनगन्तीमा रहेको बताउनुभयो । अबको केही समयमै लाखौं अफगानहरु आफ्नो देशबाट पलायन हुने या भोकमरीको छनौट गर्न बाध्य हुने कार्यकारी निर्देशक बिस्लेको भनाइ छ ।अफगानिस्तानमा गत अगस्टमा अमेरिकाले आफ्नो बाँकी सैनिकहरु फिर्ता गरेपछि तालिवानले सत्ता हत्याएको थियो ।

तालिवानको उदपपछि पश्चिमा शक्ति, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले सहायता रोक्का गरेपछि विदेशीको सहायतामा निर्भर नाजुक अर्थतन्त्र झनै धर्मराएको छ । अफगानिस्तानको कुल ग्राहस्थ उत्पादनमा अन्तर्राष्ट्रिय सहयोगको हिस्सा ४० प्रतिशत थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू