अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५७ | Colorodo: 11:12

१० देशका राजदूतलाई देश निकाला गर्ने टर्कीका राष्ट्रपतिको चेतावनी

बिआरटीनेपाल २०७८ कार्तिक ६ गते ७:२३ मा प्रकाशित

टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने चेतावनी दिनुभएका छन् ।टर्कीका लागि अमेरिकासहित १० मुलुकका राजदूतले थुनामा रहेका नागरिक समाजका एक अगुवाको समर्थनमा संयुक्त विज्ञप्ति निकालेपछि एर्दोगानले देश निकाला गर्ने चेतावनी दिनुभएको हो ।

सोमबार पश्चिमा मुलुकका १० राजदूतले संयुक्त विज्ञप्ति जारी गरेका थिए । बिरलै जारी हुने संयुक्त विज्ञप्तिमा समाजसेवी एवं अभियन्ता ओस्मान काभालालाई थुनामा राख्ने कार्यले टर्कीमाथि ग्रहण लागेको उल्लेख छ ।

अमेरिका, जर्मनी, क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, नेदरल्याण्ड, न्युजिल्याण्ड, नर्वे र स्वीडेनका राजदूतले जारी गरेको संयुक्त विज्ञप्तिमा ‘काभालाको मुद्दा न्यायसंगत ढंगले तत्काल समाधान’ गर्न दवाब दिइएको छ । संयुक्त विज्ञप्ति जारी गरेको भोलिपल्टै ती राजदूतलाई टर्कीको विदेशमन्त्रालयमा बोलाइएको थियो ।

अभियान्ता काभालालाई बिना कसुर टर्कीले २०१७ देखि थुनामा राखेको छ । काभालामाथि २०१३ को सरकारविरोधी प्रदर्शन र २०१६ को असफल ‘कु’सँग जोडेर विभिन्न आरोप लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू