अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०४ | Colorodo: 08:19

फाइजर खोप पाँच देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाउने अमेरिकी घोषणा

बिआरटीनेपाल २०७८ कार्तिक ६ गते ७:१५ मा प्रकाशित

अमेरिकाले फाइजर–बायोएनटेक कम्पनीद्वारा उत्पादित कोभिड–१९ विरुद्धको फाइजर खोप पाँच देखि ११ वर्षसम्मका बालबालिकालाई समेत लगाउने घोषणा गरेको छ ।हालै सम्पन्न परीक्षण अनुसार उक्त उमेर समूहका बालबालिकामा यो खोप ९० दशमलव ७ प्रतिशत प्रभावकारी देखिएको पुष्टि भएपछि अमेरिकाले यो निर्णय गरेको हो ।

उक्त कम्पनीले क्लिनिकल ट्रायलको रिपोर्ट सार्वजनिक गर्दै यो खोप ५ देखि ११ वर्षसम्म उमेर समूहका बालबालिकामा समेत प्रभावकारी देखिएको जानकारी गराइ सकेको छ ।परिक्षणका क्रममा १३ जना बालबालिकामा कोभिड–१९ संक्रमण देखियो भने फाइजर भ्याक्सिन लगाएका ३ जना मात्र संक्रमित भएको पाइएपछि मान्यता पाएको हो । २ हजार २ सय ६८ जना सहभागी रहेको ट्रायलमा दुई गुणाभन्दा बढी बालबालिकाको प्रभावकारिता ९० प्रतिशतभन्दा राम्रो देखिएको कम्पनीले जनाएको थियो ।

परीक्षणबाट प्राप्त नतिजाका आधारमा कोभिड–१९ भ्याक्सिनले बालबालिकामा बलियो प्रतिरोध क्षमता विकास गरेको फाइजर–बायोएनटेक कम्पनीले दाबी गरेको छ । फाइजर–बायोएनटेकले ११ वर्षमाथिका किशारकिशोरीका लागि यसअघि नै यो खोप ल्याइसकेको छ । नेपाल सरकारले पनि अमेरिकाबाट ११ वर्षभन्दा माथिका किशोरकिशोरीलाई लक्षित गरेर पहिलो खेपमा १ लाख डोज फाइजर खोप आगामी सोमबार देखि बितरण गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू