अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२०
| Colorodo: 21:35
रुसको रियाजान क्षेत्रको एक कारखानामा शुक्रबार भएको बम विष्फोट र त्यसपछिको आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको टस समाचार एजेन्सीले जनाएको छ । घटनाको समयमा उक्त कारखानामा १७ जना कामदार थिए । औद्योगिक विष्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा १५ जनाको शव भेटिएको छ।
विष्फोटन पश्चात् १६० वर्ग किलोमीटर क्षेत्रमा लागेको आगो निभाइएको छ । विष्फोटनमा कार्यशाला भवन पूर्णरुपमा ध्वस्त भएको छ । घटनाको कारण अझै पत्ता लागेको छैन ।