अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५५ | Colorodo: 06:10

जलवायु परिवर्तनको असर न्यूनीकरणको वैज्ञानिक अनुसन्धान प्रतिवेदन परिमार्जनमा शक्ति राष्ट्रको जोड

बिआरटीनेपाल २०७८ कार्तिक ५ गते ८:०३ मा प्रकाशित

जलवायु परिवर्तनको असर न्यूनीकरणका सम्बन्धमा शक्तिशाली राष्ट्रले महत्वपूर्ण वैज्ञानिक अनुसन्धान प्रतिवेदन परिमार्जनको प्रयास थालेका छन् ।आर्थिक रुपमा सम्पन्न देशहरुले खनिज इन्धन विस्थापनको गति कम गर्न खोजेको बीबीसीले उल्लेख गरेको छ ।

साउदी अरेबिया, जापान र अस्ट्रेलिया सहितका राष्ट्रहरुले संयुक्त राष्ट्रसंघसँग जलवायु परिवर्तनको असर न्यूनीकरण तथा तापमान वृद्धि नियन्त्रणका लागि खनिज इन्धनको प्रयोग सीमित गर्नुपर्ने धारणा राखेका हुन् । जलवायु परिवर्तन सम्बन्धी तथ्यगत वैज्ञानिक अनुसन्धानलाई ‘डाउन प्ले’ गर्नका लागि पक्षपोषण गरिएको कुराले नजिकिँदै गरेको जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय सम्मेलनलाई लिएर प्रश्न खडा भएको छ ।

जलवायु परिवर्तनलाई सुस्त गर्न र तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्नका लागि ‘महत्वाकांक्षी’ योजना र बाचा गर्नुपर्ने बेला कोप २६ को केही दिनअघि यी देशले संयुक्त राष्ट्रसंघलाई दबाब दिइरहेको देखिएको हो । कोप २६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म बेलायतमा हुँदै छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू