अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२३ | Colorodo: 16:38

भारत उत्तर प्रदेशमा प्रहरीले ’चोरहरूलाई लुटे’, चार प्रहरी जेल चलान

बिआरटीनेपाल २०७८ कार्तिक ४ गते ८:३० मा प्रकाशित

भारत उत्तर प्रदेशको फिरोजाबादमा चोरहरूबाट चोरीको पैसा लिएर सुरक्षित जिल्ला पार गराएको आरोपमा चार प्रहरीलाई पक्राउ गरिएको छ । फिरोजाबादका एसएसपी अशोक कुमारले भनेका छन्, ‘यस्तै कठोर कारबाहीबाट नै प्रहरीलाई सुधार्न सकिन्छ ।’ गएको अक्टोबर १५ मा रसूलपुर प्रहरी चौकीमा एक डेलिभरी अटोबाट एक लाख १० हजार भारु चोरी भएको थियो । चोरहरूले ड्राइभिङ सिट काटेर पैसा निकालेका थिए ।

पीडित गौरवले घर पुगेपछि पैसा नदेखेपछि रसूलपुर प्रहरी चौकीमा जानकारी दिएका थिए । चोरीको पूरा घटनाक्रम सीसीटीभीमा कैद भएको थियो । एसएसपी अशोक कुमारले भनेका छन् , ‘घटनाको स्पष्ट फुटेज थियो । चोरले अटोबाट पैसा निकालिरहेको देखिएको थियो । हामीले पूरै जिल्लामा सतर्कता अपनायौँ र नाकाबन्दी गरेर चाँज गर्यौँ ।’

अक्टोबर १८ मा चोरी गर्ने दुई चोर पक्राउ परेका थिए । त्यसपछि चोरहरूलाई चोरी भएको पैसाको बारेमा सोध्दा पैसा प्रहरीले लगेको बताएका थिए । जाँचका क्रममा प्रहरी चौकीमा रहेका एसआई सुनील चन्द र उनको टिमले चोरहरूबाट चोरीको पैसा लिएपछि उनीहरूलाई आफ्नो गाडीबाट एस्कर्ट (पहरा दिएर) गरेर फिरोजाबाद जिल्लाको सीमा पार गराएका थिए ।

त्यसपछि प्रहरीले चोरहरूलाई लुट्ने पूरै प्रहरी टिमलाई पक्राउ गरेर जेल पठायो र पैसा पनि बरामद गर्यो । पक्राउ पर्ने प्रहरीमा एक एसआई, दुई सिपाही र एक प्रहरी जीपका चालक रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू