अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१५ | Colorodo: 16:30

थ्री एसियन कप छनोट खेल्न नेपाली फुटबल टोली ताजकिस्तान प्रस्थान

बिआरटीनेपाल २०७८ कार्तिक २ गते ६:३७ मा प्रकाशित

एएफसी २३ वर्ष मूनिका एसियन कप छनोटका खेल्न नेपाली टोली ताजिकिस्तान प्रस्थान गरेको छ ।नेपाली टोली आज बिहान त्यसतर्फ प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । छनोटमा नेपाल कठिन समूहमा छ ।

नेपालसँगै ताजिकिस्तान, लेबनान र इरान समूह ‘बी’मा छन् । त्यसअघि नेपालले अक्टोबर २२ शुक्रबार इन्डोनेसियाको यु–२३ टोलीसँग ताजिकिस्तानमै मैत्रीपूर्ण खेल खेल्नेछ ।

छनोटमा नेपालले पहिलो खेल इरानसँग अक्टोबर २५ मा खेल्नेछ । यस्तै दोस्रो खेल ताजिकिस्तानसँग अक्टोबर २८ र अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ । नेपाली टोलीमा साफ च्याम्पियनसिपको उपविजेता टिममा रहेका ६ खेलाडी पनि छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू