भारतको एक अदालतले सिरसाको डेरा सच्चा सौदाका प्रमुख गुरमीत राम रहीम सिंहलाई जन्मकैद र ३१ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।रणजीत सिंह हत्याकाण्डको मुख्य योजनाकार रहेको ठहर गर्दै सीबीआईको विशेष अदालतले राम रहीमलाई जन्मकैद र ३१ लाख रुपैयाँको जरिवानाको फैसला सुनाएको हो ।
पञ्चकुलाको एक विशेष सीबीआई अदालतले १२ अक्टोबरमा राम रहीमलाई दोषी ठहर्याएको बीबीसीले जनाएको छ । उसो त राम रहीमलाई पहिले नै एक पत्रकारको बलात्कारपछि हत्या गरेको अभियोगमा सजाय काटिरहेका थिए ।
राम रहीमको विवादसँग पुरानो सम्बन्ध छ । सन् १९६७ अगस्ट १५ मा राजस्थानको श्रीनगरमा जन्मिएका उनी १९९० डेरा सच्चा सौदाको प्रमुख बने ।‘डेरा सच्चा सौदा’को स्थापना सन् १९४८ मा शाह मस्तानाले गरेका थिए । देशभर यसका ५० भन्दा बढी आश्रम र लाखौं अनुयायी छन् ।
डेरा प्रमुख बनेपछि उनको विवादको कहानी सुरु भएको हो । उनले डेरामा महिलाहरूलाई जबरजस्ती गरेको देखि हत्या र हिंसासम्मको क्रियाकलाप हुने गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।