अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३५ | Colorodo: 09:50

अमेरिकाबाट प्राकृतिक ग्यास आपूर्ति गर्न चीन इच्छुक

बिआरटीनेपाल २०७८ असोज ३१ गते ६:२५ मा प्रकाशित
चीनले ग्यासको आयात बढाउन अमेरिकासँग छलफल गर्ने भएको छ । प्रमुख चिनियाँ उर्जा कम्पनीहरुको लामो समयको प्रयासपछि ग्यास आपूर्तिबारे छलफल गर्न अमेरिकी कम्पनीहरु तयार रहेको रोयटर्सले जनाएको छ ।

दुबै पक्षबीच सहमति भए आगामी वर्षदेखि चीनले अमेरिकाबाट वैकल्पिक उर्जाको रुपमा प्राकृतिक ग्यास आपूर्ति वृद्धि गर्ने बताइएको छ । सन् २०१९ मा चीन र अमेरिकाबीच व्यापार युद्ध उत्कर्षमा पुगेपछि दुवै मुलुक पहिलो पटक उच्चस्तरिय वार्ताका लागि तयार भएका हुन् ।

एशियामा प्राकृतिक ग्यासको मूल्य यस वर्ष पाँच गुणाले वृद्धि भएको छ । चिनियाँ अधिकारीहरुले चाँडै नै ग्यास आयातका लागि नयाँ सम्झौता हुनेमा आफूहरु आशावादी रहेको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू