अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१८ | Colorodo: 08:33

भारतीय उपराष्ट्रपतिले अरुणाचलको भ्रमण गरेपछि भारत-चीनबीच पुनः वाक युद्ध सुरु

बिआरटीनेपाल २०७८ असोज २८ गते ६:१३ मा प्रकाशित

भारतीय उपराष्ट्रपति वेंकैया नायुडूको अरुणाचल प्रदेशको भ्रमणले बेइजिङ र नयाँ दिल्लीबीच पुनः वाक युद्धु सुरु भएको छ । चिनियाँ विदेश मन्त्रालयले भारतीय उपराष्ट्रपति नायुडूको भ्रमणप्रति आपत्ति जनाएपछि भारतीय विदेशमन्त्रालयले त्यसको जवाफ फर्काएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले भन्नुभयो, चीन अवैध रुपमा गठन गरिएको अरुणचाल प्रदेशलाई मान्यता दिँदैन र भारतका उपराष्ट्रपति वेंकैया नायुडूको त्यसको क्षेत्रमा गरेको भ्रमणको सशक्त रुपमा विरोध गर्दछ ।

भारतको विदेश मन्त्रालयले भनेको छ, हामीले चीनका आधिकारिक प्रवक्ताले आज गरेको टिप्पणी देखेका छौं । हामी त्यस्तो टिप्पणीलाई अस्वीकार गर्दछौं । अरुणाचल प्रदेश भारतको एउटा अभिन्न र अभिभाज्य अंश हो । भारतको विदेश मन्त्रालयले अन्य राज्य जस्तै भारतको कुनैपनि नेताले अरुणाचल प्रदेशको भ्रमण गर्नसक्ने जनाएको छ। भारतीय नेताहरुले भारतकै एक राज्यको भ्रमण गर्दा अपत्ति जनाउनु भारतीय नागरिकको तर्क र सुझबुझभन्दा निकै टाढाको विषय होु भारतीय विदेश मन्त्रालयले भनेको छ ।

चीनले अरुणाचल प्रदेशमा भारतीय अधिकारीहरुको भ्रमणको विरोध गरेको पहिलोपटक भने होइन । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि रक्षामन्त्री राजनाथ सिंहसम्मले अरुणाचल प्रदेशको भ्रमण गर्दा चिनियाँ विदेश मन्त्रालयले औपचारिक रुपमा विरोध गर्ने गरेको छ ।

चीनले अरुणाचल प्रदेश आफ्नो भएको दाबी गर्ने गरेको छ । बेइजिङले त्यसलाई दक्षिण तिब्बतु भन्छ । सन् १९१४ मा औपनिवेशिक अंग्रेज सरकार, तिब्बतबीच भएको सीमा सम्झौतालाई बेइजिङले अस्वीकार गर्दै आएको छ । सिमलामा भएको सम्झौताले दुवै क्षेत्रको सीमा निर्धारण म्याकमोहन लाइनबाट गर्न ल्हासा राजी हुन्छ । तर बेइजिङका प्रतिनिधि भने सम्झौताको विरोध गरेको बैठक छाडेर हिँडेका थिए । तर बेइजिङले म्याकमोहन लाइनलाई मान्यता दिएको छैन । सन् १९३५ पछि त्यो पुरै भूभाग भारतको मानचित्रमा आएको हो ।

चीन सरकारको औपचारिक नक्सामा अरुणाचल प्रदेश भूभागहरुलाई समावेश गरिएको छ । तर अन्तर्राष्ट्रिय क्षेत्रले भने अरुणाचल प्रदेशमाथि भारतको सम्प्रभूतालाई स्वीकार गर्दै आएको छ ।भारत र चीनबीच सीमा विवादको महत्त्वपूर्ण विषयको रुपमा रहँदै आएको छ । चीनले विवादास्पद भूभाग भन्दै आएको अरुणाचल प्रदेशमा भारतीय अधिकारीहरुको भ्रमणमा आपत्ति मात्रै जनाउँदै सो क्षेत्रमा बसोबास गर्दै आएकाहरुलाई चीन भ्रमण गर्दा र भारत सरकारतर्फबाट प्रतिनिधित्व गर्दै चीन जाने खेलाडीदेखि सरकारी अधिकारीहरुलाई भारतीय पासपोर्टमा भिसा समेत दिने गरेको छैन । बेइजिङले कस्मिरका मानिसलाई जस्तै अरुणाचल प्रदेशमा बसोबास गर्नेहरुलाई फरक कागजातमा भिसा दिन्छ ।

बेइजिङ अरुणाचल प्रदेशका नागरिकलाई राखेको वार्ता टोलीमा समेत सहभागी हुने गरेको छैन । सन् १९६२ को भारत चीन युद्ध पनि अरुणाचलको प्रदेशको सीमा विवादकै कारण भएको थियो । चीनले त्यस समयमा आफूले दावी गर्दै आएको इलाका कब्जा गरेपनि चीनले पछि सो स्थानबाट फिर्ता भएको थियो । सीमा विवाद सुल्झाउने विषयमा दुवै देशबीच पटक पटक वार्ता भएपछि समाधान निस्कन सकेको छैन ।

पछिल्लो समयमा चीन र भारतबीच लद्दाख क्षेत्रमा सीमा विवाद भएको थियो । एक वर्षअघि सीमा क्षेत्रमा भएको झपडमा २० भारतीय सैनिकको मृत्यु भएको थियो केही चिनियाँ सैनिकहरुको हताहती भएको थियो । अरुणाचल र लद्दाख क्षेत्रको सीमा विवाद फरक प्रकार हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू