अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२५ | Colorodo: 23:40

मेक्सिको र क्यानडासँग जोडिएको सीमा खुला गर्ने अमेरिकाको तयारी

बिआरटीनेपाल २०७८ असोज २७ गते ५:२८ मा प्रकाशित

अमेरिकाले मेक्सिको र क्यानडासँग जोडिएको सीमा खुला गर्ने भएको छ । नोभेम्बरबाट कोरोना भाइरसविरुद्ध पूर्ण खोप लगाएका यात्रुहरुका लागि सीमा खुला हुने बीबीसीले जनाएको हो ।कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै अमेरिकाले मेक्सिको र क्यानडासँगको सीमा मार्च २०२० देखि बन्द गरेको थियो ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सेनले केही समयअघि मात्रै अमेरिका आउने सबै यात्रुले विश्व स्वास्थ्य संगठन र अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेशनले मान्यता दिएको खोप लगाउनु पर्ने बताएको थियो ।

अमेरिकाले हालसम्म जोनसन एन्ड जोन्सन, फाइजर र मोडर्ना खोपको प्रयोगका लागि स्वीकृति दिइसकेको छ । विश्व स्वास्थ्य संगठनले भने अस्ट्राजेनेका–अक्सफोर्ड, सिनोभाक र सिनोफ्रामका खोपको प्रयोगका लागि पनि अनुमति दिइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू