अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०१ | Colorodo: 17:16

महिला, बालिकाको अधिकार पालना गर्ने वाचा पूरा गर्न राष्ट्रसंघको तालिबानलाई आग्रह

बिआरटीनेपाल २०७८ असोज २६ गते ६:३९ मा प्रकाशित

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले तालिबानलाई महिला र बालिकाहरूको अधिकार पालना गर्ने आफ्नो वाचा पूरा गर्न आग्रह गर्नुभएको छ ।महासचिव गुटेरेसले भन्नुभएको छ, ‘तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि विभिन्न समयमा ( अफगान नागरिक ( महिला, बालबालिका, अल्पसङ्ख्यक समुदाय, पूर्व सरकारी कर्मचारीलगायतको अधिकारको रक्षा गर्ने वाचा गरेका छन्, त्यो पूरा हुनुपर्छ ।’

महासचिव गुटेरेसले तालिबानलाई महिला र बालिकाहरूसँग आफ्नो प्रतिज्ञा पूरा गर्नु अपिल गर्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय मानव अधिकार र मानवीय कानुनअन्तर्गत आफ्नो दायित्व पूरा गर्न पनि जोड दिनुभएको छ । तालिबानले नागरिक अधिकारको रक्षा नगरे अन्तर्राष्ट्रिय प्रतिबन्ध थपिने चिन्ता बढेको महासचिव गुटरेसको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू