अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०७ | Colorodo: 16:22

गिनिज वल्ड रेकर्ड : जापानका दुई जुम्ल्याहा दिदीबहिनी विश्वमा सबैभन्दा जेठाे भएकाे दावी

बिआरटीनेपाल २०७८ असोज ४ गते २२:१३ मा प्रकाशित

जापानका दुई जुम्ल्याहा दिदीबहिनीले विश्वमा सबैभन्दा वृद्ध व्यक्ति रेकर्ड बनाएका छन् । हाल १ सय ७ बर्ष र ३ सय ३० दिन पुगेका उनीहरुको नाम सबैभन्दा वृद्ध व्यक्तिको रुपमा गिनिज बुक अफ वल्ड रेकर्डमा रहेको हो ।

जापनमा राष्ट्रिय अवकाशका रुपमा आयोजना गरिएको कार्यक्रममा जुम्ल्याहा दिदीबैनीलाई सम्मान गर्दै वल्ड रेकर्डमा नाम दर्ता गराइएको हो । उमेनो सुमियामा र कौमे कोडमा नामका यी जुम्ल्याहाको जन्म सन् १९१३ नोभेम्बरमा जापानको शोदोशिमामा भएको थियो ।

आफ्ना मातापिताका ११ सन्तान मध्ये यिनीहरु चौथो सन्तानको रुपमा जन्मिएका थिए । यसअघि जापानकै जुम्ल्याहा दिदीबहिनी नारिता र जिन केनीले १ सय ७ बर्ष र १ सय ७५ दिनको रेकर्ड राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू