अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५६ | Colorodo: 17:11

क्यानडामा संसदीय निर्वाचन सम्पन्न : प्रधानमन्त्री टुडाेकाे पार्टीलाई विपक्षी पार्टीले कडा टक्कर दिने

बिआरटीनेपाल २०७८ असोज ४ गते २२:१० मा प्रकाशित

क्यानाडामा संसदीय निर्वाचन सम्पन्न भएको छ । प्रधानमन्त्री जस्टिन टुडोले नियमित समय भन्दा २ वर्ष पहिल्यै गराउनु भएको आकस्मिक चुनावमा उनकै लिबरल पार्टीले भने विपक्षी कञ्जरभेटिभ पार्टीबाट कडा चुनौती सामना गर्नुपर्ने देखिएको छ । २ करोड ७० मतदाता सहभागी भएको चुनावमा लाखौं भोट हुलाक र इमेलबाट समेत गरिएको छ । स्थानीय समय अनुसार मंगलबार रातीसम्ममा चुनावी नतिजा आउने अपेक्षा गरिएको छ ।

कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनमा राम्रो गरेको विश्वाससहितथप बहुमतका लागि आह्वान गरिएको चुनावका क्रममा चौथो चरण्को महामारी चलेको बेला चुनाव गराएको भनेर प्रधानमन्त्री टुडोको व्यापक आलोचना पनि भएको थियो ।

चुनावमा विपक्षीबाट कडा टक्करको सामना गर्नु परे पनि वयस्क मतदाताहरु राजनीतिक स्थिरताको पक्षमा देखिएकाले ४० बर्षिय टुडो पुनः शक्तिमा फर्कने संभावना रहेको बताइएको छ । चुनाव प्रचारका क्रममा अनिवार्य खोपको विषय निकै चर्चामा रहेको थियो भने स्वास्थ्य क्षेत्रमा लगानी, बालबालिकाको हेरचाह र आवासको विषय चर्चामा रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू