अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०१ | Colorodo: 22:16

फ्रान्सले बेलायतसँगको रक्षा वार्ता रद्द गर्यो

बिआरटीनेपाल २०७८ असोज ४ गते ८:५८ मा प्रकाशित

अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसंग वार्तामा बस्न समेत अस्वीकार गरेको छ ।बेलायत र फ्रान्सका रक्षामन्त्रीबीच तय भएको वार्तामा नबस्ने फ्रान्सले बताएको छ । बेलायती रक्षामन्त्री बेन वालेन्स र फ्रेञ्च रक्षामन्त्री फ्लोरेन्स पार्लेबीच यसैसाता लण्डन तय भएको वार्तामा नबस्ने घोषण फ्रान्सले गरेको हो ।त्रिदेशीय सम्झौतापछि अष्ट्रेलियाले फ्रान्ससंग सन् २०१६ मा ३७ अर्ब डलरमा १२ वटा पनडुब्बी किन्ने सहमति तोडेपछि फ्रान्स क्रुद्ध बनेको हो। सुरक्षा सहमति अनुसार अब अष्ट्रेलियाले अमेरिकी पनडुब्बी खरिद गर्ने छ ।

उक्त सम्झौतालाई फ्रेञ्च विदेशमन्त्री जाँयब्स ल दरियनले पछाडिबाट गरिएको छुरा प्रहारको संज्ञा दिएका छन् । परिणातः फ्रान्सले अमेरिका र अष्ट्रेलियाबाट आफ्ना राजदूतलाई समेत फिर्ता बोलाएको छ । उता, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भने फ्रान्सको सट्टा अमेरिकासंग पनडुब्बी किन्ने निर्णयको बचाऊ गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू