अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०३ | Colorodo: 13:18

अस्ट्रेलियाको मेलवर्नमा लकडाउनविरोधी प्रदर्शनकारी र प्रहरीबीच झडप

बिआरटीनेपाल २०७८ असोज २ गते ८:०३ मा प्रकाशित

अस्ट्रेलियाको मेलवर्न र सिड्नीमा लकडाउनको विरूद्धको प्रदर्शनमा उत्रिएकालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रदर्शनमा सहभागी करिब दुई सय पचास जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रदर्शनमा उत्रँदा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। झडप हुँदा १० प्रहरी घाइते भएका छन्। तीमध्ये ६ जनालाई अस्पताल भर्ना गरिएको मेलवर्न प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका प्रदर्शनकारीमध्ये एक सय ९३ जनालाई कोभिड प्रतिबन्ध तोडेको र अन्यलाई भने प्रहरीविरूद्ध आक्रमण गरेको आरोप लगाइएको छ। सयौं प्रदर्शनकारी बिनामास्क प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनकारी निकै उग्र देखिएका थिए । भिक्टोरियामा मात्र दुई सय ३५ प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

आज मेलवर्नमा ठूलै प्रदर्शन हुने अनुमानले उल्लेख्य मात्रामा सुरक्षाकर्मी खटाइएको थियो। यस्तै, सिड्नीमा पनि प्रदर्शनको तयारी गरिरहेको अवस्थामा करिब २० जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू