अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

सुरक्षा परिषद्ले अफगानिस्तानमा रहेको अनमिन मिसनलाई ६ महिना थप गर्ने

बिआरटीनेपाल २०७८ असोज २ गते ८:०० मा प्रकाशित

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले अफगानिस्तानमा रहेको सहायता मिसन अनमिनलाई ६ महिना थप गर्ने निर्णय गरेको छ ।गत महिना तालिवानीले अफगानिस्तान नियन्त्रण्मा लिएसँग थप अनिश्चितता र अस्थिरतातर्फ गएको भन्दै १५ सदस्यीय राष्ट्रसंघीय सुरक्षा परिषदले अनमिनको अफगानिस्तान मिसनको म्याद थप गरेको हो ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई २०२२ को जनवरी अन्त्यसम्म अनमिन मिशनलाई अफगानिस्तानमा काम गर्न अनुमति दिएको बताउनुभयो ।उहाँले अनमिनलाई हालको राजनीतिक, सुरक्षा र सामाजिक घटनाक्रमहरुको अनुगमनको कामलाई निरन्तरता दिन ६ महिनाको म्याद थप गरेको बताउनुभयो ।

सो मिसनलाई अफगानिस्तानमा महिलाहरुको पूर्ण सम्मान, सार्थक सहभागिता र महिला बालबालिका, अल्पसंख्यकहरुसहित मानवअधिकारको समर्थन गर्न म्याण्डेड दिएको राष्ट्रसंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू