अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५७ | Colorodo: 13:12

अफगानिस्तानमा खुल्न थाले विद्यालय, छात्राहरुलाइ निषेध

बिआरटीनेपाल २०७८ असोज २ गते ७:४८ मा प्रकाशित

तालिबानी विद्रोहीले राजधानी काबुलमा कब्जा जमाएपछि बन्द रहेका विद्यालय करिब एक महिनापछि खुल्न थालेका छन् । अफगानिस्तानको शिक्षा मन्त्रालयले दिएको जानकारी अनुसार छात्रहरूले अध्ययन गर्ने माध्यमिक, उच्च माध्यमिक र धार्मिक विद्यालय मदरासाहरू आज देखि सञ्चालनमा आएका छन् । मन्त्रालयले सरकारी तथा निजी दुवै विद्यालयका छात्रहरू र पुरुष शिक्षकहरूलाई आजदेखि नियमित अध्ययन , अध्यापनमा फर्किन आग्रह गरेको छ ।

प्राथमिक विद्यालय अघिल्लो हप्तादेखि सञ्चालनमा आएका छन् भने सकारी विश्वविद्यालय भने बन्द रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । तर तालिवानले माध्यमिक विद्यालयमा छात्राहरुलाइ लाई बहिष्कृत गर्दै पुरुषहरुलाइ मात्रै फर्कन भनेको हो । माध्यमिक कक्षाहरु पुनः सुरु हुने भएपनि छात्रा वा महिलाहरूको बारेमा केही पनि उल्लेख गरिएको छैन ।

छात्राहरूले भने आफुहरू विद्यालय जान पाउनुपर्ने बताएका छन् । विद्यालय जान नपाउने निर्णय पछि आफुले सबैतिर अध्यारो मात्रै देखेको बिबिसि संग कुरा गर्दै एक जना छात्रले भनेकी छन् । यसैबीच, हिजो तालिबानले महिला मामिला मन्त्रालय बन्द गर्दै त्यसलाइ धार्मिक कार्यालयको रुपमा तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू