अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३५ | Colorodo: 15:50

जापान, अष्ट्रेलिया र भारतीय प्रधानमन्त्रीलाई अमेरिकाको निम्तो

बिआरटीनेपाल २०७८ भदौ २९ गते ७:४० मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर २४ मा जापान, अष्ट्रेलिया र भारतका प्रधानमन्त्रीहरूलाई ह्वाइट हाउसमा आमन्त्रण गुर्नुभएको छ ।ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले विज्ञप्ति जारी गर्दै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, जापानका प्रधानमन्त्री सुगा योसिहिदे र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ह्वाइट हाउसमा आमन्त्रण गरिएको जानकारी दिनुभएको हो ।

साकीका अनुसार अमेरिका, अष्ट्रेलिया, जापान र भारतले एसिया–प्रशान्त क्षेत्रमा सुरक्षासहित अन्य विषयमा सहकार्य गर्न क्वाड भनिने क्वाड्रिलेटरल सेक्युरिटी डायलग बनाइएको छ । क्वाडका नेताहरू पहिलो पटक प्रत्यक्ष भेटघाट गर्न लागेका हुन । साउथ चाइना, दक्षिण पूर्वी एसियालगायत क्षेत्रमा चीनको प्रभाव रोक्न क्वाडले काम गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू