अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०५ | Colorodo: 02:20

१३२ देशमा कोरोना भाइरसको डेल्टा भेरियन्ट : डब्लुएचओ

बिआरटीनेपाल २०७८ साउन १५ गते १:२१ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वमा हरेक हप्ता झण्डै ८ प्रतिशतको दरले कोरोना संक्रमण बढीरहेको जनाएको छ । यही जुलाई १७ देखि २५ सम्मको अवधिमा अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशतले संक्रमण बढेको देखिएको छ ।

कतिपय क्षेत्रमा संक्रमितको संख्यामा ३० प्रतिशतसम्म वृद्धि भएको डब्लुएचओले जनाएको छ । अघिल्लो हप्ताको तुलनामा गत हप्ता मृतकको संख्या पनि बढेको छ ।डब्लुएचओले विश्वका १३२ देशमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएको पनि जानकारी दिएको छ ।

संक्रमितहरुको कुल संख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, फ्रान्स, बेलायतलगायतका देशहरुमा संक्रमितको संख्या बढिरहेको छ । क्रमका लागि २० हजार भन्दा बढीले आवेदन दिएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू