अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४२ | Colorodo: 23:57

के यो सत्य हो ?

राजकुमार थापा २०७८ साउन १४ गते ६:३६ मा प्रकाशित

भन्थे बुढापाखा जिन्दगी बुझ्न सकिँदैन बाबु
आज घाम भोलि पानी केही हैन जिन्दगानी
म सोच्दथेँ यी मिथ्या हुन्, नबुझ्नेको कुरा के?
जीवन त कोर्ने हो, आफैँ बन्दछ । भन्ने के,

तर
ऐना रहेछु म, हेर्दै रहेछु, ठिक उल्टो ठिक
लाग्ने ती बनाइएका कथाहरू,
वास्तविक सत्य रहेछन् ।

हरेकलाई चिन्न सक्नु अनुभव हो
तिनीहरूलाई बुझ्नु उपयोग हो
अनि
समयको अन्तरालसंगै बहनु
जीवन हो, के यो सत्य हो ?

प्रतिक्रिया