अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५३ | Colorodo: 19:08

अमेरिकामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

बिआरटीनेपाल २०७८ साउन १४ गते २:५८ मा प्रकाशित

अमेरिकाको अलास्का पेनिनसुलास्थित प्रशान्त महासागरमा ८ दशमलब २ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प गएको छ । शक्तिशाली भूकम्पसँगै त्यस क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ ।

स्थानीय समय अनुसार राति सवा ११ बजे जमिनको सतह भन्दा करिब ३५ किलोमिटरको गहिराइमा भूकम्प गएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । पहिलो झट्कापछि भूकम्पको पुनः ६.२ र ५.६ म्याग्नेच्यूडका दुई झट्का आएको थियो ।

भूकम्पपछि अलास्काको पेनिनसुला र एलेउटियन टापुमा सुनानीको चेतावनी दिइएको हो । स्थानीय मिडियाका अनुसार देशको पश्चिमी तटमा भएको नोक्सानको पनि आँकलन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू