अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

भारत–हिमाञ्चलमा चट्टानी पहिरो, कम्तीमा ९ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ साउन १० गते ७:३६ मा प्रकाशित

भारतको हिमाञ्चल प्रदेशमा भयानक चट्टानी पहिरो जाँदा कम्तीमा ९ जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा ७ जना पर्यटक रहेको जनाइएको छ । पहरोबाट झरेको भीमकाय चट्टानको प्रहारमा परेर हालसम्म ९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

आउटलुक इन्डियाले जनाएअनुसार साग्लाको किननाउर जिल्लामा चट्टानी पहिरो गएको हो । पहिरोमा परेर हालसम्म ४ जना घाइते भएको खबर छ । डीडी न्यूजले हालेको भिडिओमा पहाडबाट विशाल ढुंगाहरु खसेको देख्न सकिन्छ । माथिबाट तेज गतिमा झरेको ढुंगाले लागेर एउटा पुल नै भाँचिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू