अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१४ | Colorodo: 22:29

हेइटीमा नयाँ प्रधानमन्त्री नियुक्त

बिआरटीनेपाल २०७८ साउन ६ गते ७:३४ मा प्रकाशित

क्यारेबियन मुलुक हेइटीमा राजनीतिक संकटकैबिच नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ ।राष्ट्रपति जोभेनेल मोइसको हत्यापछि अस्थिर भएको राजनीतिलाई सही ट्र्याकमा ल्याउने वाचासहित एरियल हेन्रीले हिजो प्रधानमन्त्रीको सपथ लिनुभएको हो । हत्या गरिनुभन्दा केही दिन अगाडि मात्रै राष्ट्रपति मोइसले हेन्रीलाई प्रधानमन्त्रीमा सिफारिस गर्नुभएको थियो । तर हेन्रीले पदभार ग्रहण नगर्दै राष्ट्रपतिको हत्या भएपछि राजनीतिक संकट चुलिएको थियो ।

हिजो कार्यवाहक प्रधानमन्त्री क्लाउडे जोसेफ राजिनामा दिन तयार भएपछि नयाँ प्रधानमन्त्री नियुक्तीको बाटो खुलेको हो ।हेइटीमा रहेका केही प्रभावशाली देशका राजदुतहरुले हेन्रीलाई नयाँ सरकार गठन गर्न आव्हान गरेलगत्तै जोसेफले बाटो छाडिदिएका हुन् ।

गत जुलाई ७ तारिखमा हेइटीका राष्ट्रपति मोइसको बन्दुकधारीहरुले निवासमै हत्या गरेका थिए । कोलम्बियाका पूर्व संनिकसहित भाडाका सेनाहरुको एउटा समुहले राष्ट्रपतिको हत्या गरेको त्यहाँको प्रहरीले दावी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू