अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०४ | Colorodo: 15:19

डा. गोविन्द केसी द्वन्द्वग्रस्त मुलुक यमनमा स्वयंसेवामा ब्यस्त

बिआरटीनेपाल २०७८ जेठ ५ गते ७:४२ मा प्रकाशित

स्वास्थ्य क्षेत्रको शुद्धिकरणका लागि भन्दै पटक पटक अनसनमा बस्दै आएका डा गोविन्द केसी यमनमा पुग्नुभएको छ । डा केसी आफैंले आफू द्वन्द्वग्रस्त मुलुक यमनमा रहेको जानकारी गराउनुभएको हो । माफियाले चलखेल गर्नसक्ने भएकाले आफू थाहै नदिई यमन आएको उहाँले प्रष्ट पार्नुभएको छ । एक महिना अघि यमन पुग्नु भएका डा केसीले यतिखेर आफू यमनको दुर्गम गाउँमा स्वयंसेवा गरिरहेको पनि जानकारी गराउनुभएको छ ।

नेपालमा कोरोना महामारीको दोस्रो लहरले विनाश मच्चाइरहेको खबर आफूले ढिलो पाएको पनि उहाँले बताउनुभयो । एकसाता अघि यो खबर थाहा पाउने वित्तिकै नेपाल फर्कन इच्छा जागे पनि हवाइ सेवा बन्द भएका कारण फर्कन नपाएको उहाँले सञ्चारमाध्यमलाई बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू